Breaking

दलहरुलाई टिकट नपाएका नेताको डर,गठबन्धनले दिन थाल्यो राजनीतिक नियुक्तिको प्रलोभन


काठमाडौँ — टिकट नपाकाहरुको असन्तुष्टिका आवाजलाई केहि मत्थर पार्न सफल भएका सत्ता घटक दलहरु निर्वाचन आफ्नो पक्षमा आएकोमा भने अझै विस्वस्त हुन सकेका छैनन् । फलत ः शीर्ष नेताहरु प्रत्येक चुनावी सभामा असन्तुष्टलाई आश्वासन दिन छुटाएका छैनन् भने टिकट नपाएकाहरुले पनि अरुले अवसर दिँदा पनि आफू पार्टीमै रहेको संकेत दिइरहेका छन् ।

सिटको सिमितता र सम्माजन भागवण्डाको दवावमा रहेका सत्ता घटक दलहरुलाई टिकट नपाउनेको विमती सबैभन्दा चिन्ताको विषय बनेको छ । शिर्षस्थ नेता र गुट व्यवस्थापनका क्रममा चर्चित अनुहार नै छुटेपछि उनीहरुमा बढेको असन्तुष्टि गठबन्धनलाई चुनौती बनेको छ । त्यसमाथि पनि प्रमुख प्रतिपक्षी दलले साथ दिएर उम्मेद्वार बन्न प्रेरित गरेपछि तर्सिएका सत्ता घटक दलहरुले अहिले यसलाई केहि व्यवस्थापन गरेपनि निर्मुल नै पार्न भने सकेका छैनन् ।

माओवादीमा चर्चित र वौद्धिक भनिएकै सुरेन्द्र कार्की,लेखनाथ न्यौपाने,लिलामणी पोख्रेल लगायतका नेताले टिकट पाएका छैनन् भने कांग्रेसमा पनि डा.गोविन्द पोखरेले पनि टिकट पाएनन् । उनलाई एमालेले कोमल वलीलाई पछि सारेर सहयोग गर्ने नै बताईसकेको थियो । त्यस्तै विश्व वैंकको जागिर छोडेर राजनितिमा होमिएका तथा भावी अर्थमन्त्रीका रुपमा चर्चा गरिएका स्वर्णीम वाग्लेले पनि टिकट नपाँउदा यसले कांग्रेसमा उत्पन्न हुने असन्ुतष्टिले गठबन्धनलाई नै असर पुग्ने आकलने थियो ।

तर गठबन्धनले उनीहरुलाई अव आफ्नै सरकार बन्ने र अवसर दिने आश्वासन दियो । त्यसपछि उनीहरु पार्टीका गतविधिमा पुन सक्रिय बने । तर उनीहरुले अझै पनि यसमा विश्वास गरिहाल्न सकेका छैनन् । यहि कारण आफू एमालेले दिएको अवसर लत्याउदै पार्टीमै वसेर भूमिका खेलेको कुरा नेतालाई दोर्याएर सम्झाई रहेका छन ।

तर यी वाहेकका टिकट नपाएकाहरुको पनि असन्तुष्टि अझै कम भएका छैनन् । जो यो गठबन्धनलाई प्रायोजित नाटक भएको संज्ञा दिन थालेका छन । यसले कांग्रेस बर्बाद हुने बताउने उनीहरु भोट ट्रान्सफर नहुने डर देखाईरहेका छन । व्यवस्थापनमा आएका नेताहरुले नै देखाएका आशंका र अन्य केहिले प्रस्तुत गरिरहेको यहि असन्तुष्टिको डरमा सत्ताघटक दलहरु छन ।

यो भुसको आगोको रुपमा रहेको हुने सक्ने डरकै कारण शिर्ष नेताहरु आफूहरु एकै भएको भन्नसम्म भ्याएका छन । तर असन्तुष्टहरु भने मुल्यहिन यो राजनिति सुधारका लागि काम थाल्ने बताउन थालेका छन । अर्थात घुमाउरो पारामा अर्को पार्टीका उम्मेद्वारलाई सहयोग गर्न नसक्ने बताउन थालेका छन ।

यहि कारण शेरबहादुर देउवा हसिया हथौडमा मतदान नगर्नुपर्ने कारण नदेखेको बताउन थालेका छन भनेमाधवकुमार नेपालले यो गठबन्धनको विकल्प नभएको अभिव्यक्ति दिएका छन । यो गठबन्धन लामो समयसम्म जाने र यो नै सत्तामा पुग्ने बताउने उनीहरु नियुक्तीको समेत पाशा फालिरहेका छन ।

यसैको निरन्तरता पुष्पकमल दाहाल ’प्रचण्ड’ले गठबन्धनभित्र असन्तुष्ट नेता कार्यकर्ताहरूलाई फकाउन राजनीतिक नियुक्तिको प्रलोभन देखाएका छन् । आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकालाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने उनको भनाई छ ।

यसले सत्ताघटको भित्रको असन्तुष्टिको यर्थाथ चित्र बाहिर आएको छ । नेता दिएको आश्वासन पुरा हुन नसक्ने डर टिकट नपाएर आश्वासनमा मात्र अल्झिएकामा छ केहि असन्तुष्ट अन्तरघातको डर देखाएर आफ्नो पनि व्यवस्थापन ग्यारेटीमा लागेका छन । जहाँ यहि असन्तुष्टि कतै भारी पर्ने त हैन भन्ने डर शिर्ष नेतृत्वमा छ । यो तेहेरीको अवस्थामा टिकट नपाएको रिसको प्रभाव कति पर्ला त्यो हेर्न भने चुनावी नतिजासम्म कुर्नैपर्ने हुन्छ ।