Breaking

देउवा, प्रचण्ड र माधवको रन्को, ओलीविरुद्ध देशदौडाहमा, भोट ट्रान्सफर नहुने चिन्ता,ओलीको महाफैसला


काठमाडौँ — आसन्न मंसिर ४ को निर्वाचनलाई लिएर सत्ता गठबन्धनका नेताहरुको सक्रियता एकाएक बढेको छ । कार्यकर्ता र जनतामा चुनावी माहोल सिर्जना गर्न उनीहरु देशदौडाहमा छन् । तर एजेन्डामा कुनै आकर्षण देखिएको छैन । बरु प्रतिगमनकै शब्द भजाएर भोट बढाउने तयारी चलिरहेको छ । सत्ता गठबन्धनका प्रमुख तीन नेता सोमबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा थिए ।

नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई चुनाव जिताउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोट मागे ।मंगलबार ललितपुरमा तीनवटैनिर्वाचन क्षेत्रका उम्मेदवारहरुसहित अगुवा कार्यकर्तालाई एकै ठाउँमा राखेर तीनै नेताले प्रशिक्षण दिए ।

गठबन्धनका नेताहरुको संयुक्त दौड झनपछि झन बढ्यो ।शुक्रबार एकैदिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवल भ्याएका उनीहरु शनिबार प्रदेश एकको विराटनगर र मधेश प्रदेशको जनकपुरधाममा थिए ।आक्रामक चुनावी नीति लिएर दौडधुप मच्चाइरहेका तीन नेताको गठजोड निकै कसिलो बनेको छ ।

अब उनीहरु आइतबार सुदूरपश्चिमको धनगढीमा हुनेछन् भने सोमबार काठमाडौंमै फर्किएर संयुक्त सभालाई सम्बोधन गर्नेछन् । मुलतः कार्यकर्तामा चुनावी माहोल सिर्जना गर्न दौडधुप चलाइरहेका उनीहरुको मुख्य एजेन्डा एमाले नेतृत्वको विपक्षी गठबन्धनलाई तह लगाउनेमा केन्द्रीत छ ।

यसका लागि उही प्रतिगमन र अग्रगमनको मुद्धालाई बोकेर उनीहरु जनताको बीचमा गइरहेका छन् ।एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारीको नाम दिएका उनीहरुले आफुहरुको मोर्चालाई अग्रगमनकारी भनेको छन् । लोकतन्त्र र संविधान रक्षाका लागि भन्दै आफैलाई भोट हाल्नसमेत उर्दी जनाइरहेका छन् ।

अझै पनि प्रतिगमनको खतरा रहेको भन्दै जनतामा डर भरेर भोट बढाउने तयारीमा नेताहरु रहेपनि गठबन्धनभित्रकै दलबाट भोट क्रस नहुनेमा उनीहरुको चिन्ता छ । यसैकारण कार्यकर्ताकै बीचमा पुगेर प्रचण्डले रुखलाई भोट हाल्न र हसियाँ हथौडामा नछुटाउन अपिल गरिरहेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पनि आफ्ना भोटरलाई हसियाँ हथौडा र कलममा भोट हाल्न लाज नमान्न आग्रह गरिरहेका छन् ।काँग्रेस र माओवादीकै भोट पर्खिरहेका माधवकुमार नेपाल पनि भोट ट्रान्सफर नहुने चिन्तामा छन् ।

आन्तरिक असन्तुष्टिजाहेर गर्नु र विपक्षीविरुद्ध विष फाल्नु पनि गठबन्धनका नेताहरुको नीति बनेको छ ।अहिले मुख्यतः एमाले अध्यक्ष ओली गठबन्धनका शीर्ष तीन नेताको टार्गेटमा छन् ।तर सानातिनो नै एमाले अध्यक्ष ओलीले दुईदुईपटक संसद विघटन गरेपछि काँग्रेस, माओवादीसहितको पाँच दलीय गठबन्धन बनेको हो ।

त्यतिबेला ओलीबाट प्रतिगमन र संविधान मास्ने काम भएको भन्दै उनीहरु सरकार ढाल्नसमेत सफल भए । तर सरकार बन्यो, नियती फेरिएन । सत्ता गठबन्धन नेतृत्वकै सरकारबाट पनि ओलीकै जस्तो पटकपटक संविधान विरोधी काम भएका छन् । तथापी अहिले एजेन्डाविहिन बनेको गठबन्धन अग्रगमन र प्रतिगमनको फुस्रा भाषण उडाएर भोट तान्ने नियतीसहित देश घुमघाम छ ।