Breaking

राप्रपाले समानुपातिकमा सांसद पद बेचेको छैन: राजेन्द्र लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले मात्र समानुपातिक पद्धतिमा सांसद पद नबेचेको दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पाटीको कार्यक्रममा उनले समानुपातिकमा सांसद पद नबेचेको, कसैको नातागोतामा मानिस नराखेको जिकिर गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र त्यस्तो पार्टी हो, जसले समानुपातिक सांसद पद कसैलाई बेचेको छैन, कसैको नातागोता राखेको छैन, सबै प्रोफाइल पल्टाएर हेरे हुन्छ’ उनले भने, ‘कोही कसैको नजिक र टाढाको आधारमा परेको छैन । अध्यक्ष लिङ्देनले राप्रपाको समानुपातिक सूचीमा ८२ वर्षका पशुपतिशमशेर राणादेखि ३० वर्षका बिना लामा र कुमारी स्याङ्तानजस्ता मानिसहरुलाई राखेर सन्तुलन मिलाएको बताए । जसले आफ्नो ठाउँमा राम्रो भोट ल्याए, जसले पार्टीलाई योगदान गर्‍यो, जसले भविष्यमा पार्टीलाई योगदान गर्न सक्छ अर्को पटक प्रत्यक्षमा जित्न सक्छ ।

सबैको सन्तुलन मिलाएर राखेका छौं’ उनले भने । बराबर योगदान गर्ने कोही नेताहरु सूचीमा छुटेको हुन सक्ने भन्दै लिङ्देनले सूचीमा राखेकाहरुमाथि कसैले प्रश्न गर्न नसक्ने बताए । ‘हरेक व्यक्तिलाई किन सिफारिस गरेको हो म जवाफ दिन सक्छु’ उनले भने ।