Breaking

एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीलाई जवाफ दिनुपर्छ: देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरे ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ’ देउवाले भने, ‘ओलीजीले पनि गठबन्धन गर्नुभएको छ, उहाँको राप्रपासँग गठबन्धन भएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र प्रदेश १ को झापा जिल्लामा पर्छ ।