काठमाडौँ— संयुक्त प्रशिक्षणका नाममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका प्रमुख नेताले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।संयुक्त सम्बोधनका नाममा चुनाव प्रचारमा उनीहरू सक्रिय रहेका छन्। शनिबार गठबन्धनका नेताले मधेस प्रदेश राजधानी जनकपुरमा ठूलो संख्यामा कार्यकर्तालाई बन्द हलमा सम्बोधन गर्दैछन्। शुक्रबार रुपन्देही र त्यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा उनीहरूले सम्बोधन गरेका थिए। सो क्रममा प्रधानमन्त्री देउवाले गठबन्धनलाई जिताउनका लागि अपिल गरेका थिए।
निर्वाचन आयोगले उक्त विषयलाई भने रेकी नगरी सत्ता गठबन्धनलाई सहयोग गरेको आरोप लागेको छ।अन्य दल र स्वतन्त्र उम्मेदवारलाई कोण सभा गर्न समेत प्रतिबन्ध गरेको आयोगले प्रधानमन्त्री देउवासहितको उपस्थितिमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदा पनि चासो नदिनुलाई शक्ति केन्द्रको दबदबा रहेको बताइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त गठबन्धनका चुनाव चिन्हमा खुलेर नै मत मागेका थिए। उनले रुख, हसिया हतौडा, कलम केही नभनी मत माग्दै नेकपा एमालेको आलोचना गरेका थिए।निर्वाचन आचारसंहिताले ठूलो संख्यामा भेला, सभा गर्न प्रतिबन्ध गरेको छ।
तर, सत्ता गठबन्धनका प्रमुख नेता नै सहभागी भएको कार्यक्रममा खचाखच मानिस देखिएका थिए। यस्तो सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले पनि सम्बोधन गरेका छन्।
प्रतिक्रिया