काठमाडौँ— अमेरिकी संसद भवनमा गएको वर्ष जनवरी ६ मा भएको आक्रमणमाथि छानबिन गरिरहेको समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।
समितिले ट्रम्पलाई बयानका लागि सांसद समक्ष उपस्थित हुन कानूनी आदेश जारी गरेको हो । चुनावको नतिजा उल्ट्याउनका लागि भएको हिंसात्मक प्रयासको केन्द्रमा ट्रम्प रहेको आरोप छ । उनलाई समितिले पठाएको समन पत्रमा भनिएको छ, ‘तपाईँ केन्द्रमा हुनुन्थ्यो कि कुनै पनि अमेरिकी राष्ट्रपतिले चुनावको नतिजा उल्ट्याउन प्रयास गरेको थियो ।’ पत्रमा अघि भनिएको छ, ‘तपाईँलाई थाहा थियो कि यी गतिविधि गैरकानूनी र असंवैधानिक हो ।’
ट्रम्पका वकिलले छानबिन समितिमा रहेका सांसदहरुले नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । आदेश अस्वीकार गरेमा ट्रम्पले कानूनी समस्यामा पर्ने छन् ।


प्रतिक्रिया