Breaking

ओलीको पेलानमा गठबन्धन , फण्डा मच्चाएर भोट बटुल्दै ओली, जसरी पनि सरकार बनाउने दाबी


काठमाडौँ — आसन्न मंसिर ४ को निर्वाचनका लागि सबैदल आफ्नो तयारीमा जुटेका छन् । त्यसमध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झनै आक्रामक देखिन्छन् । भोट बढाउनकै लागि ओलीले विभिन्न फण्डाहरु पनि गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोन तपाईँलाई आयो ? त्यसभए के सोध्नु भयो ?पक्कै केही सोध्नु भएन ।

किनकि तपाईँलाई पनि फोन आएन ।केहीदिनअघि मात्रै एमाले अध्यक्ष ओलीलेफोनबाट सुझावसंकलन गर्ने र जनताको कुरा सुन्ने भन्दै मोबाइल नम्बर र नाम टिपाउन सार्वजनिक अपिल गरेका थिए । ओलीकै आग्रह अनुसार दुई लाख एक हजार ९ सय १६ जनाले नाम पनि टिपाए । तर ‘कल केपी बा’ कार्यक्रमबाट ओलीको फोन आएन ।

अहिले ओलीसँग बोल्न नपाएको भन्दै अधिकांशले सामाजिक सञ्जालमै गुनासो पोखिरहेका छन् । तर त्यसमध्ये केहिलाई भने ओलीले फोन गरेका छन् । जम्मा चार घण्टा समयमा सबैलाई फोन गरि साध्य पनि नभएको एमालेका नेताहरु बताउँछन् । युवा पुस्ताको विचार बुझ्न र आकर्षण बढाउन यसो गरिएको भने उनीहरुकै भनाइ छ ।

निर्वाचनकै मुखमा सामाजिक सञ्जालमार्फत निकै सक्रियता बढाइरहेका ओलीले यसलाई भोट बढाउने तरिका बनाएको भने सहजै अनुमान लगाउन सकिन्छ । युवा पुस्ता वृद्ध नेतृत्वको बहिगर्मन खोजिरहेका बेला तन्नेरी बन्न खोजिरहेका ओली अरुभन्दा एककदम अगाडी आफुलाई देखाउन पनि यसो गरिरहेका छन् । किनकि सत्ता गठबन्धनविरुद्ध गठबन्धनकै शैलीमा मोर्चा निर्माण गरेका ओलीलाई कुनै पनि हालतमा चुनाव जित्नुछ र फेरि सरकारमा फर्किनुछ ।

यसकै लागि ओली लाकुरी भञ्ज्याङको पीङमा मच्चिएर घोषणापत्र लेखे ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’को निम्तो दिएर थ्रेट गरे । तर उनको आफ्नै पार्टीभित्रको असन्तुष्टि समाधान गर्न समय खर्चिएनन् । लाकुरी भञ्ज्याङको पीङमा ओली मच्चिरहेका बेला यता भीम रावल जस्ता नेताहरु टिकट नपाएको रन्कोले रन्कीरहेका थिए । तर अहः भीम रावल, घनश्याम भुसालर प्रभु साह जस्ता नेताहरुलाई बाइपास गर्दा चुनावी परिणाममा कस्तो धक्का पुग्छ ओलीलाई फिटिक्कै चिन्ता छैन । यसले आगामी सरकारको लक्ष्य राखिरहेका ओलीलाई जतिसुकै स्टन्ट देखाएपनि आफ्नै पार्टीको अन्तरविरोधले दुर्घटनाबाट बचाउँला त ?भन्ने शंका उत्पन्न भएको छ ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार मध्ये पार्वत गुरुङ सबैभन्दा बढी मत ल्याएर ‘म्यान अफ दि इलेक्शन’ बनेका थिए । यसपटक उनले पनि टिकट पाएनन् । काठमाडौंमा प्रभाव भएका रामवीर मानन्धर विद्रोह नै गरि स्वतन्त्र उम्मेदवारी दिए । तथापी यस्ता विद्रोहलाई झिनामसिनाको ठाउँ दिएका ओली आफ्नो नीतिलाई आकर्षक बनाएर गठबन्धनविरुद्ध आक्रामक बन्न खोजिरहेका छन् ।यसका लागि ‘कल केपी बा’ जस्ता फण्डा उनको सहयोगी बनेका छन् ।