Breaking

गठबन्धनका शीर्ष नेताको एक स्वर–फेरि ओलीले जिते देश सखाप पार्छन


काठमाडौँ — सत्तारुढ दलहरु आम निर्वाचनको प्रचारप्रसारका लागि यतिबेला देश दौडाहामा छन । प्रदेशस्तरीय भेलामा होमिएका उनीहरु आज गण्डकी प्रदेश पुगे । तर सत्ताधारी दलहरुको निसानामा सधैझै आज पनि प्रतिपक्षी दलका नेता ओली नै परे । सत्तारुढ धारी दलहरु आम निर्वाचनको प्रचारप्रसार लागि यतिबेला देश दौडाहामा छन । पछिल्लो साता काठमाडौं केन्द्रीत भएका उनीहरु शुक्रवार भने गण्डकी प्रदेश पुगे ।

प्रदेशस्तरीय भेलामा होमिएका उनीहरुले जहाँ आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिएका छन । प्रशिक्षणमा पुगेका शीर्ष नेताहरुले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन नेता कार्यमर्तालाई आग्रह गरे । कतिपयले गठबन्धनको अर्को दलको निर्वाचन चिह्न स्वीकार गर्न गाह्रो हुने बताउने गरेको भन्दै उनले त्यसो गरेमा संविधान र लोकतन्त्र नै खतरामा पर्ने बताए । प्रचण्ड यतिमै रेकिएनन, उनले गठबन्धनलाई भोट नहाल्ने हो भने पाप धुरीबाट कराउने भन्दैे कार्यकर्तालाई गठबन्धनामा भोट हाल्न ठाडो निर्देशन नै दिए ।

हरेक भेला तथा समारोहमा एकले अर्काको गुनगान गाएर नथाक्ने उनीहरुको निशानामा सदाझै प्रतिपक्षी दलका नेता केपी शर्मा ओली परे । भेलामा प्रचण्डले नेकपा फुटदेखि रोष र गठबन्धन बनाउनको लागि बाध्य हुनुपरेको फेहरिस्त सुनाए । ओलीले नेकपा हुँदा गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बनेको प्रचण्डको भनाइ थियो । यतिमात्रै होइन एमालेले संविधान विपरित संघीय लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्न लागेपछि गठबन्धन बनाउन बाध्य भएको प्रचण्डले जिकिर गरे ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको भन्दै यो बैधानिक रहेको दाबी गरे । आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको बताउँदै नेपालले गठबन्धन स्वभाविक र प्राकृतिक रहेको बताए ।

अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरुसँग साँठगाँठ गरिरहेको बताए । प्रतिपक्षी गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै उनीहरुले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको नेपालले बताए । शनिवार भने प्रदेश १ र मधेस प्रदेशमा भेला गर्ने गठबन्धनको कार्यतालिका छ । केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गरेर अघि बढ्ने सत्तारुढ गठबन्धनको तयारी छ ।