Breaking

देउवालाई कांग्रेसको भन्दा गठबन्धनको पीर, बागीलाई मनाउन भन्दा माओवादीलाई नै भोट माग्न व्यस्त


काठमाडौैँ — आफ्नै पार्टीलाई वेवास्ता गर्दै आएका प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा माओवादी जिताउन भने हत्ते हालेर लागि परेका छन । घटक अन्य दलका उम्मेद्दार विरुद्ध आफ्ना पार्टीका वागि फिर्ता गराउने तथा भोट माग्ने कार्यमा व्यस्त उनी कांग्रेसको भन्दा गठबन्धनको सभापती जस्तो देखिन थालेका हुन । आफ्नो सत्ता यात्रा सुनिश्चित गर्न लालयित शेरबहादुर देउवा यतिवेला गठबन्धनलाई भोट माग्न व्यस्त छन ।

उनका कदम अन्य नेताहरुले लगाएको आरोप जस्तै कांग्रेसको भन्दा गठबन्धनकै सभापती बन्न तर्फ उन्मुख देखिएको छ । स्थानीय तहमा पेलेरै सत्ताघटक दलहरुविच चुनावी तालमेल गरेका उनलाई अहिले पार्टीका अन्य समूहले समेत साथ मिलेपछि हाईसन्चो छ । पार्टीभित्रै फरकमत राख्नेहरु समेत भोटका लागि देउवाको गुणगानमा व्यस्त बनेपछि देउवा सिंगो गठबन्धनलाई जिताएर अर्को पाँच वर्षे सत्ता यात्रा सुनिश्चित गर्न न्वारनदेखिको बल खर्चिरहेका छन् ।

देउवा अहिले माओवादीलाई भोट माग्न व्यस्त रहँदा काठमाडौको १० मा माओवादीकी पूर्व सांसद अन्जन विशंखे सांसदको उम्मेद्धार छिन भने काठमाडौ ३ मै माओवादीका नेता बद्री बजगाईले सांसद बन्न कांग्रेसको सन्तोष चालिसेलाई चुनौती दिदै छन । गठबन्धनको आधिकारिक उम्मेद्वारविरुद्धउनीहरु वागी बन्दा देउवाले कदम चाल्न सकेका छैनन तर काठमाडौ उत्पयकामा ४ निर्वाचन क्षेत्र पाएको माओवादीले ४ महिला जिताउन देउवालाई प्रयोग गरिरहेको छ ।

तर एकीकृत समाजवादीकी रामकुमारी झाक्रीको वागीडा.दामोदर भुसाललाई भने वालुवाटार मै वोलाएर उम्मेद्दवारी निश्क्रिय गराउन सफल भइन् । तर आफ्ना विरुद्ध उम्मेद्वारी दिने माओवादी नेतालाई पनि सहमतीमा ल्याउनुपर्ने कांग्रेस उम्मेद्वारको मागका विच पनि देउवाले उपत्यका भित्रैका माओवादीका वागी उम्मेद्वारलाई निश्क्रिय बनाउन सकेका छन् ।

यताएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी सभामै भावी प्रधानमन्त्रीको एक उम्मेद्वारको रुपमा देउवालाई उभ्याएर खुसी बनाउने प्रयास गर्दै आएका छन् । त्यस्तै राजनितिक चतुर खेलाडी प्रचण्डले त गिरिरा प्रसाद कोईरालाले नै हसिया हथौडामा भोट हालेको बताउदै देउवामात्र नभई सम्पुर्ण कांग्रेसजनलाई यसैतर्फ उन्मुख गराउदै आएका छन । विगतमा पनि निणार्यक मुद्धामा वामलोकतान्त्रि गठबन्धन बनेपछि मात्र विजय पाएको भन्दै गठबन्धको औचित्य पुष्टिमा लागेका उनी कसरी आफू निर्णायक शक्ती बन्ने भन्नेमा व्यस्त छन ।

तर देउवा भने कम्युनिष्ट विरुद्ध कम्युनिष्ट नै भएको तथा दूरी अझ बढ्दै गएको अहिले अवस्था आफ्ना लागि अनुकुल हुनेमै ढुक्क छन । फलत ः गठबन्धन मजवुत बनाउन जस्तोसुकै त्याग गर्नुपर्ने मनस्थितीमा देउवा छन । जसमा प्रचण्डकै मुखबाट निस्किएको जय नेपाल र नेपालले गरेको भावी प्रधानमन्त्रीको सम्बोधनले देउवालाई अझ उत्साहित बनाएको छ ।

यद्यपी यी प्रशंशाका शब्द विगतका निर्वाचनमा तेश्रो शक्ती बनेको तथा पहिलो चोटि संघिय निर्वाचनमा होमिएको आफ्ना पार्टीका उम्मेद्वार जिताउन आवश्यक ठुलो कांग्रेसी मत पाउन मात्र भएको आशंका गर्ने नेताहरु पनि कांग्रेसभित्रै छन । यहि आशंका तोड्न प्रचण्ड र अन्य दलका नेता गठबन्धन एकै दल हो भन्ने भान पार्न लागिपरेका हुन ।

प्रचण्ड निर्णायक शक्ती बने कांग्रेस नै वोकेर हिड्छन भन्नेमा विश्वस्त आधार नभएपनि एमालेलाई पराजित गर्नैपर्ने भावना सत्ताघटक सवै दलमा दह्रो बन्दै गएको छ । अर्कातर्फ पाँच शक्ती एक भएको अहिले अवस्थामा जितको लहर नै आउने र आममतदातामा पनि यहि मनोबैज्ञानिक प्रभाव पर्ने नेताहरुको विश्वास छ ।

भलै गठबन्धन कहिले सम्म र साझा एजेण्डा के भन्ने प्रष्ट नभएपनि उनीहरुकोभविष्य गठबन्धमै रहेको भन्दै परिस्थितीमा आफ्नो पक्ष पार्नमा कटिवद्ध छन । जसले कम्तिमा आफूले प्राप्त गरेको भागमा जित निकाल्ने र कम्युनिष्ट एक नभए त्यति नै प्रर्याप्त हुने आशा देउवामा हुनसक्छ । जसले उनलाई पार्टी भन्दा गठबन्धनलाई बढि महत्व दिन प्रेरित गरिरहेको छ ।