काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले तिहारमा ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ । तिहारमा हुनसक्ने सम्भावित अपराधलाई मध्यनजरमा राखेर परिसरले शुक्रबार १८ बुँदे अनुरोध सार्वजनिक गरेको हो ।
त्यसअनुसार ९ बजेसम्म मात्रै आफ्ना चिनजान भएका स्थानमा मर्यादित एवम् सभ्य तरिकाले ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको हो । समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया