Breaking

मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्दैन: ओली


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै जनताले निर्वाचनमार्फत एमालेलाई नै सरकारमा पठाउने बताए । उनले अब जनताको मतबाटै एमालेलाई निर्वाचनपछि सरकारमा जान कसैले नरोक्ने दावी गरे ।

चुनावपछि बन्ने एमालेले सरकारको नेतृत्व गरेपछि रेलभन्दा छिटो विकासका कामले गति लिने पनि बताए । फरक स्वार्थसहितको वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको भन्दै अब सबै काम एमाले सरकारले गरे बताए ।ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने बताए । अरु जस्तो फ्री भिषा फ्री टिकट भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गर्दै अघि बढेको बताए ।
न् ।