Breaking

मेरा छोराछोरी नै डोम,चमार,भोटे,शेर्पा हो


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना छोराछोरी नै डोम, चमार, भोटे शेर्पा भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना छोराछोरी नभएकाले विभिन्न जातजातिका छोराछोरी नै आफ्ना छोराछोरी भएको बताएका हुन् ।

‘तपाईहरुलाई थाहा छैन होला । मेरा छोराछोरी कोही डोम छन् । कोही चमार छन् । कोही भोटे छन्’ ओलीले भने, ‘ओलीका छोराछोरी छैनन् किनभने मेरा छोराछोरी छैनन् तपाईहरुलाई थाहा होला । अरु जनजातिका छोराछोरी छन् ।’ जब मेरा छोराछोरी नै डोम चमार भोटे शेर्पा छन् भने मेरो पार्टीको दृष्टिकोण के होला भन्दै ओलीले प्रश्न गरे ‘मैले बाहुनका छोराछोरी खोजेर पढाएको छैन ।