Breaking

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना


काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए । गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुगेको हो। गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन् ।