देश

प्रचण्डले गरे मानुषीको प्रशंसा


काठमाडौँ— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहयात्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई बौद्धिक र डाइनामिक भएको बताएका छन् ।

काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार मानुषीको चुनाव क्षेत्रमै आयोजित शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको भन्दै प्रशंसा गरेका हुन्।

उनले मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे भएकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका हुनसक्ने र समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण भएको बताउका हुन् । उनी माओवादी केन्द्रकै चुनाव चिह्न लिएर यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी छन्।