काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने तयारी गर्नुभएको छ । ओलीसँग कुराकानीको लागि एकलाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।
ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गर्नुभएको थियो । प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्ने तयारी छ । सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ओलीले सर्वसाधरणसँग संवाद गर्न लागेका हुन्।
प्रतिक्रिया