Breaking

मोलमोलाईमा माधव, आरजुले जस्तै युवा बेच्न खोजे, ओलीले सात्तो खाए, चुनावमा प्रलोभनको वितण्डा


काठमाडौँ — कामबाट जनताको मन जित्दै मत बढाउने पर्व हो निर्वाचन। तर राजनीतिक दलहरुले निर्वाचन शैलीलाई यसरी बिगारिका छन् कि, भोट किनेर बाजी मार्ने तयारीमा छन् । अनुशासनकै खिल्ली उडाउने, बकम्फुसे गफ दिने विकृती भाmँगिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबारमात्रै गैरजिम्मेवार अनि छलकपटपूर्ण अभिव्यक्ति दिएका छन् । जनताको भोट किन्नका लागि कुन हदसम्म गिरेर बोलका छन्, स्पष्टै छ ।

जहाँ उनले भनेका छन्, तपाईंको ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौंमे तालिम मिलते हैं । अर्थात, तपाईँलाई बिना पैसाको फ्रि भिसा दिन्छौं । फ्रि टिकट दिन्छौं । काठमाडौंमा तालिम पनि दिन्छु । तर मलाई भोट दिनुपर्छ । एकपटक माधवकुमार नेपालको यो वाणी श्रवण गरौं ।

रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभनमा पार्ने गरी अभिव्यक्ति दिएपछि माधव नेपाल आलोचित बनेका छन् । उनको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मात्रै होइन, सबै अध्ययन गरेपछि माधव नेपाल कारबाहीको भागेदार नै रहेको भन्दै प्रहरीलाई पत्र नै पठाएर प्रक्रिया अघि बढाउन भनेको छ । किनकि उनको अभिव्यक्ति निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) विपरित रहेको छ ।

जहाँ कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने गरि कार्य गर्न नहुने व्यवस्था गरिएको छ । ऐन विपरित गए एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । माधव नेपालको अभिव्यक्ति लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उछितो काढेका छन् । माधवलाई माधवकै शैलीमा जवाफ दिएर ओलीले आलोचना गरेका हुन् ।

विगतमा पनि ऐन विपरितका कार्य नभएका होइनन् । माधव नेपाल जस्ता राजनीतिक दलका प्रमुख र सरकार सञ्चालनको उच्च ओहदामा रहेकै व्यक्तिबाट जनतालाई प्रलोभनमा पार्न खोजिएको धेरै दृष्टान्त छन् । तर स्पष्टीकरणभन्दा बढी निर्वाचन आयोगबाट समेत कारबाही भएको रेकर्ड छैन । स्थानीय तहको निर्वाचनका बेला फ्रि भिसा फ्रि टिकटमा विदेश पठाइदिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा विवादित बनेकि थिइन् ।

राणाले सोही अभिव्यक्ति उम्मेदवारी दर्ताका क्रममा समेत दोहो¥याएकी थिइन् । त्यतिमात्रै होइन, देउवालाई जिताउनकै लागि डडेल्धूराका जनतालाई बालुवाटारको ढोका खुल्जा सिमसिमकै शैलीमा खुल्ने र प्रधानमन्त्रीलाई भेट्न डडेल्धूराका जनता पहिलो प्राथामिकता पर्ने अभिव्यक्ति दिएकी थिइन् ।

निर्वाचनकै मुखमा राजनीतिक दलका नेताहरुबाट यस्ता थुप्रै खाले आश्वसन र प्रलोभनहरु सार्वजनिक भइरहेका छन् । पाँच बर्ष जनता रुवाएका अधिकांश नेताहरु एक महिनाका लागि गोहीको आँशू झार्दै आफै रोइकराई गरिरहेका छन् । ओली, देउवा, प्रचण्ड र माधवहरु सबैको हालत उही छ । फ्री भिसा, फ्रि ढेउवाको प्रलोभनमा अहिले पनि जनता किन्न खोजिँदैछ । युवालाई गाउँमै रोजगारी दिन्छु भनेर बचनबद्धता जनाउनु पर्ने यी लाज हराएका नेताहरु विदेश पठाइदिन्छु भनेर लाचार अभिव्यक्ति दिइरहेका छन् ।