Breaking

काठमाडौं–३ को चुनावी भीडन्त, कांग्रेस र माओवादीबीच किन हुन सकेन तालमेल, कस्ले मार्लान् बाजी ?


काठमाडौँ — चुनावजित्ने रणनीतिका साथकाठमाडौँ क्षेत्र नम्बर ३ का उम्मेदवारहरु कसरतमालागेका छन् । मंसिर ४ को चुनावनजिकिँदै गर्दा उनीहरु विभिन्नचुनावी रणनीति बुन्नतर्फ लागिपरेका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये अन्यमाचुनावीतालमेल गरेका सत्ता गठबन्धनकादलले क्षेत्र नम्बर ३ माभने आ–आफ्नै उम्मेदवार खडा गरेका छन् । नेपालीकांग्रेस,नेकपाएमाले, नेकपामाओवादी र राप्रपबीचएक्लाएक्लै प्रतिस्पर्धाहुने भएपछि क्षेत्र नं. ३ को राजनीतिकमाहोल रोमाञ्चक,तरंगित र आक्रामक बनेको छ ।

त्यसैले यो क्षेत्रमाचुनावसाच्चिकै रोचकप्रतिष्पर्धाहुने धेरैको अनुमान छ । १६५ निर्वाचन क्षेत्रमध्ये विभिन्न क्षेत्रमा गठबन्धन भएपनि काठमाडौँको क्षेत्र नं. ३ माभने सत्तारुढ दलको गठबन्धन हुन सकेन । प्रदेशको टिकट माओवादीको भागमा परे पनिकांग्रेसले दम्भ देखाउँदा गठबन्धनले सार्थकतापाउँननसकेको हो ।

यस क्षेत्रमाप्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवारी दिने र प्रदेशसभामा एक–एक क्षेत्रमामाओवादी केन्द्रले उम्मेदवारी दिने सहमतिथियो। तर, कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत प्रतिनिधिसभातथाप्रदेशसभाका सबै क्षेत्रमाएकलउम्मेदवारी दिएपछि माओवादीले पनितीन वटै उम्मेदवार उठाएको छ ।

यता क्षेत्र ३ का सभापतितथागोकर्णेश्वर नगरपालिकाकापूर्वमेयर सन्तोष चालिसेलाई कांग्रेसले उम्मेदवार बनाएको छ । पहिलो पटक संसद् प्रवेश को लागि मैदानमाओर्लिएकाचालिसेको पार्टी सांगठनिक रुपमाबलियो देखिन्छ । २०७४ को निर्वाचनमाएमालेले जिते पनिगत स्थानीयतहनिर्वाचनमाभने कांग्रेस बलियो देखियो । उक्तनिर्वाचनको परिमाण हेर्दा कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६ माओवादीको १ हजार ७३०, राप्रपाको १हजार ३१४ मत देखिन्छ। यही परिणामलाई आधार मानेका उनीआफूले जिन्तेमानिश्चिन्त छन् ।

दोस्रो पटक संसद् प्रवेश गर्ने होडमा रहेका कृष्ण राईलाई एमालेले क्षेत्र नं. ३ मा उठाएको छ । ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट कांग्रेसकीअम्बिका बस्नेतलाई ४ हजार बढी मतान्तरले पराजित गरेको राई यतिखेर संसद्को ढोका खोल्ने कसरतमा छन् । उनीआफूले पाँचवर्षमागर्न बाँकी रहेको काम पुरा गर्न पुनःजनतामाझलागेका हुन् ।

यीबाहेकपनि यस क्षेत्रमा ८ जना स्वतन्त्रसहित २४ जनाचुनावी मैदानमाहोमिएका छन् । काठमाडौंमहानगरपालिकाको वडा नम्बर ६, गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ नम्बर वडा र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्मयस निर्वाचन क्षेत्रभित्र पर्छन् । ५७हजार ५ सय ५ मतदाता रहेको यहाँमुख्यप्रतिस्पर्धा भने कांग्रेस र एमालेबीच नै हुने देखिन्छ ।