Breaking

आउँदो चुनाव देशको भविष्य बनाउने अवसर हो: ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् । झापाको धुलाबारीमा आज बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको समेत बताए ।

झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गरे । अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध समेत गरे ।