Breaking

सत्ता गठबन्धन कठपुतली हो: ओली


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई कठपुतलीको संज्ञा दिएका छन् । झापा-१ को धुलाबारीमा बुधबार आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरूलाई ‘अरू कसैले चलाउने’ आरोप लगाउँदा राप्रपा भने आफ्नै विवेकले चल्ने पार्टी भएको भन्दै प्रशंसासमेत गरे ।

‘गठबन्धन कुसुलेका कठपुतली हुन्, कसले नचाउँछ थाहा छैन । राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ,’ ओलीले भने, ‘वर्तमान सरकार दुई दिनको घामछाया जस्तै हो । म्यादी प्रहरीको भन्दा छोटो छ समय। मंसिर ४ आयो कि गठबन्धन सरकार गयो ।ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबीसमेत गरे । एमालेले प्रत्यक्ष १०० र समानुपातिकमा ५० सिट जित्ने उनको दाबी थियो ।