काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन् । अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ ।
सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् । पिएसपी दुर्लभ खालको रोग हो । यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ । के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।


प्रतिक्रिया