Breaking

राप्रपाका कार्यकर्ताले सूर्यमा मत हाल्नूस्, नत्र पार्टीबाट बर्खास्त गरिनेछ: राजेन्द्र लिङ्देन


काठमाडौँ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसँगको तालमेलविपरीत आफ्नो दलका कार्यकर्ताले भोट हालेमा पार्टीबाट बर्खास्त गरिने चेतावनी दिएका छन् । झापाको मेचीनगरमा एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा लिङ्देनले सो निर्देशन दिएका हुन् । उनले भने, ‘राप्रपाका कार्यकर्ताले सूर्यमा भोट हाल्नु ठाउँमा हाल्नुस् ।

नत्र मंसिर ४ पछि तपाईं राप्रपाको कार्यकर्ता बन्नु हुनेछैन । लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । त्यहाँ एमालेले लिङ्देनलाई समर्थन गरेको छ । ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। त्यहाँ राप्रपाले एमालेलाई समर्थन गरेको छ ।