काठमाडौँ— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव अग्रगमनकारी र प्रतिगमनकारीबीच लडाइँ भएको बताएका छन् ।
प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको ‘मिलन स्मारिका’ विमोचन गर्दै प्रचण्डले चुनावबाट प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु पर्ने बताएका हुन् ।अध्यक्ष प्रचण्डले संसद विघटन पछि प्रतिक्रान्तिको अवस्था आएको तर त्यसलाई आफूहरूले रोकेको बताए । आफूहरू बलियो भएमा मात्र परिवर्तनको रक्षा हुने र समाजवादको आधार निर्माण गर्ने वातावरण बन्ने उनले बताए ।
तर, आफूहरू कमजोर हुँदाचाहिँ सबैथोक उल्टिने खतरा रहेको उनले बताए । अहिले पनि प्रतिगमनको खतरा नटरेकाले मंसिर ४ प्रतिगनकारी र अग्रगमनकारीको शक्तिबीचको लडाइँ रहेको प्रचण्डको भनाइ छ ।


प्रतिक्रिया