देश

अवैध चिनी लोड गरिएका ट्रक नियन्त्रणमा


काठमाडौँ— बर्दघाट सुस्ता पश्चिमको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट कार्तिक २ गते करिब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुईवटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो।

बरामद चिनी तथा दुईवटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।