देश

बयान दिन अदालत पुगे नेयमार


काठमाडौँ— ब्राजिलको फुटबल टोलीका स्टार खेलाडी नेयमार भ्रष्टाचारको मुद्दामा बयान दिन अदालत पुगेका छन् । मङ्गलबार स्पेनको एक अदालतमा पुगेर बयान दिएका नेयमारले आफ्ना बुबाले दिएको कागजातमा मात्र आफूले हस्ताक्षर गरेको र गल्ती नगरेको दाबी गरेका छन् ।

करिब एक दशकअघि ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा उनको स्थानान्तरणमा भएको अनियमितताको आरोप लागेपछि उनी मुद्दामा छन् । उनका बुबा मुद्दामा आफ्नो छोराले कुनै गल्ती नगरेको बताएका छन् ।

मुद्दामा दोषी ठहर भएमा नेयमारलाई २ वर्षको जेल सजाय र ९ दशमलव ७ मिलियन डलर जरिवाना हुनेछ । नेयमार अहिले फ्रान्सेली क्लब पीएसजीमा छन् ।