काठमाडौँ—निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना गरेकोमा त्रिभुवन विश्वविद्यालयलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगले आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवालगायतका काम गर्न नपाइने भए पनि त्रिविले सोविपरीत कर्मचारी भर्ना गरेको उजुरीको आधारमा सो स्पष्टीकरण सोधिएको हो । आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
प्रतिक्रिया