देश

पश्चिमी वायुको प्रभाव सामान्य


काठमाडौँ— देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

मौसमविद्का अनुसार हाल देशका पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ ।