Breaking

सिन्धुपाल्चोकको चुनावी गणित ! सत्तागठवन्धन झनै कसिलो, एमालेलाई सकस


सिन्धुपाल्चोकबाट ठूला सबै दलहरुबाट राष्ट्रिय राजनीतिमाप्रभावशाली नेताहरु छन् ।उनीहरु यस पटकको निर्वाचनमा एक आसपमा टकरावपूर्ण चुनावीप्रतिस्पर्धामा देखिँदैछन् । दुई निर्वाचन क्षेत्रमाकुनउम्मेदवारको अंकगणित कस्तो छ त ? सिन्धुपाल्चोकमादुई प्रतिनिधिसभानिर्वाचन क्षेत्र छन् । एक मासत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रबाट माओवादीपोलिटब्युरो सदस्य ४० वर्षीय माधव सापकोटा र एमालेबाट केन्द्रीय सदस्यतथापूर्वप्रदेशमन्त्री सरेश नेपालप्रतिस्पर्धामा छन् ।

पुराना र पाकाअनुहार नेपाल नेकपाएमालेका केन्द्रीयअध्यक्षतथापूर्वप्रधानन्त्री केपीओलीका निकट र एमालेका पुराना नेतातथापूर्वमन्त्री अरुण नेपालकाभाई हुन् ।उनले प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने कासिस गरेका छन् तर सत्ता गठवन्धनका उम्मेदवार माधवका अगाडी उनलाई जीतहासिलगर्न साधारण छैन । पार्टी फुटले कमजोर बनेको एमाले पार्टीभित्र १० बुँदे पक्षधर नेताकार्यकर्ताले समेत नसघाउने जोखिम बढ्दै गएपछि शरेष नेपालअझै छटपटिमा देखिएका छन् ।

सुवोधआफैँमायुवामाझलोकप्रियव्यक्तित्वहुन्, उनीपहिलो पटक चुनावी मैदानमा छन् । पूर्वसभामुखअग्निप्रसाद सापकोटाले भतिजमाधवकालागिचुनावी मैदान नै छाडेपछि जवान नेतामाधवको चर्चा मतदातामाझह्वात्तै बढेको छ ।काँग्रेसको पहिलो मतभार रहेको क्षेत्र नम्बर एकका नेतामोहन बस्नेत गठवन्धनको कोटा मिलाउँदा क्षेत्र नम्बर दुईमाउम्मेदवार हुनु परेका छन् ।

दुईमा यस अघि काँग्रेसका कुनै पनिउम्मेदवारले चुनावजितेका छैनन् । त्यसोत सत्ता गठवन्धनका काँग्रेस र माओवादीदुबै दलकाउम्मेदवारको अन्तिम स्वार्थ नै जितभएकाले दुबै निर्वाचन क्षेत्रमाइमान्दारीपूर्वक मतदिनुको विकल्प छैन । यदीदुबै निर्वाचन क्षेत्रमाइमान्दारी पूर्वक मतदानभएस्थानीतहको मत परिणामले सत्ताघटकहरुको जीत सुनिश्चितदेखाउँछ ।

स्थानीयनिर्वाचन ०७९ को मत परिणामअनुरुप हेर्दा क्षेत्र नम्बर १ मा सत्तागठबन्धन धेरै अगाडि छ । तीन स्थानीयतहप्रमुख, ६ उपप्रमुखसहित ३४ वडा जितेको कांग्रेसले पाएको मत ३३ हजार नौसय छ । तीन स्थानीयतहप्रमुख र पाँचवटा वडा जितेको माओवादीको मत २० हजार रहँदा एक प्रमुख र १४ वडामा जितनिकालेको एमालेको २६ हजार मतछ ।

दुई हजार ३ सय मतभार रहेको एकीकृत समाजवादी गठबन्धनमा प्रतिबद्ध देखिन्छभने एक हजार दुई सय मतल्याएको राप्रपाको मतआफ्नै उम्मेदवारलाई जाने पक्का छ ।यसो हुँदामाधव सापकोटाका लागिकाँग्रेस, माओवादी र समाजवादीको मतमिलाउँदा ५३ हजार ९ सय मत छ । शरेष नेपालकालागिआधाभन्दाकम २६ हजार मत छ ।

यता क्षेत्र नम्बर दुईमापनिदुई राष्ट्रिय राजनीतिमाप्रभावजमाउने दुई हस्तीहरुको भिडन्त हुँदैछ । यहाँएमालेका नेता शेरबहादुर तामाङले नयाँप्रतिद्वन्द्वीपाएका छन् । विगतमा राप्रपाकापशुपतिशमशेर राणा, माओवादी केन्द्रकादावातामाङलगायतकाउम्मेदवारसँग प्रतिस्पर्धा गरेका तामाङले यसपटक नेपालीकाँग्रेसका मोहन बस्नेतसँग प्रतिस्पर्धा गर्नु परेको हो ।सत्ता गठबन्धनमा भागबण्डा मिलाउनउनीनिर्वाचन क्षेत्र परिर्तन गरेर तामाङलाई टक्कर दिन क्षेत्र नम्बर २ मापुगेका हुन् । दुवै जनामन्त्रीभइसकेका व्यक्तिहुन् ।

शेर बहादुर पहिलो पटक मन्त्रीबन्दामहिला अस्मीतासंग जोडिएको विवादितअभिव्यक्तिदिएका कारण राजीनामादिनु परेको थियो । बस्नेत पनिसञ्चार मन्त्री बनेर आफ्नो प्रोफाइल बढाइसकेका काँग्रेसका केन्द्रीय सदस्यहुन् । उनीचुनावीअभियानमासक्रिय बनेका छन् । र जीत सुनिश्चितमानेका छन् ।

गत स्थानीयचुनावमासिन्धुपाल्चोक क्षेत्र नम्बर २ भित्र पर्ने नगरपालिकातथागाउँपालिकामापाएको मतको आधारमादलगत रुपमाएमाले केही अगाडि देखिन्छ । तर गठबन्धन दलको मतमिसाउने हो भने एमाले निक्कै कमजोर देखिन्छ । गतचुनावमा यो क्षेत्रका स्थानीयतहका वडाध्यक्षले पाएको मत हेर्दा एमालेले ३१ हजार ७ सय७६ मतल्याएको थियो । नेपालीकांग्रेसका वडाध्यक्षहरुले २९ हजार ३ सय २ मतल्याएकाथिए ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १६ हजार ७९ मतल्याएको थियो । राप्रपाले ५ हजार ९ सय ३२ मत र नेकपाएकीकृत समाजवादीले १ हजार ६ सय ६३ मतल्याएकाथिए । यस आधारमायहाँ सत्ता गठबन्धनले पाएको मत एक ठाउँमा राख्दा ४७हजार ४४ मत हुन्छ । जुनएमालेले पाएको मतभन्दा १५ हजार २ सय ६८ मत बढी हो । अर्थात शेरबहादुर तामाङ भन्दामोहन बस्नेत अगाडी देखिन्छन् ।