Breaking

गठबन्धनका शीर्ष नेताहरुको एकै स्वर, देउवाले माओवादीलाई र प्रचण्डले कांग्रेसलाई मत माग्दै


काठमाडौँ — आम निर्वाचनको लागि उम्मेदवारको टुंगो लागेसँगै राजनीतिक दलहरु रफ्तारका साथ चुनावी प्रचारप्रसारमा व्यस्त छन । अझ सत्ता गठबन्धनका शिर्ष नेता त एकले अर्को पार्टीका उम्मेदवारलाई भोट माग्दै संयुक्त रुपमा अघि बढिरहेका छन । जसले सत्ता गठबन्धन थप मजबुत भएको संकेत दिउको छ ।

निर्वाचनको उम्मेदवारी टुंग्याउनुपूर्व सत्ता गठबन्धनभीत्र ठूलै भाडभैलो मच्चियो । टिकट व्यवस्थापनमा असन्तुष्टि चुलिएपछि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले त गठबन्धन नै तोड्ने सम्मको चेतावनी दिए । यतिमात्रै होइन टिकटमै भएको किचलोले काँग्रेस नै विभाजित हुने सम्मको अवस्था सिर्जना भयो । तर अन्तिम समयमा प्रधानमन्त्री देउवाको चलाखीपूर्ण व्यवस्थापनले १६५ निर्वाचन क्षेत्रको बागबण्डा टुंगो लाग्यो ।

ततपश्चात सत्ता गठबन्धन थप मजबुत र एकीकृत बनेको छ । उम्मेदवारको टुंगो लागेसँगै सत्ता गठबन्धनका शिर्ष नेता त एकले अर्को पार्टीका उम्मेदवारलाई भोट माग्दै संयुक्त रुपमा अघि बढिरहेका छन । शनिवार काठमाडौं क्षेत्र नम्बर दुईमा गठबन्धनका उम्मेदवारलाई भोट माग्न पुगेका शीर्ष नेता मंगलवार ललितपुर क्षेत्र नम्बर ३ पुगे । जहाँ माओवादी नेतृ पम्फा भुषाल प्रतिनिधिसभा सदस्यको दौडमा छिन ।

संयुक्त भेलामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । यद्दपी सो भेलामा पनि नेताहरुले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भने घोचपेच गर्न भने छाडेनन् । देउवाले केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नबनेको भए नेपालको संविधान प्रतिगामीहरुले उल्याइसक्ने दाबी गरे । प्रतिगामीहरुलाई निर्वाचनमार्फत राजनीतिको मुल धारबाट पाखा लगाउनुपर्ने भन्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरे ।

यता एमालेबाट विभाजित भएर बनेकोे नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालले भने गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दावी गरे । कुनै बेला आफैले जग बसालेको एमालेलाई भने अप्राकृतिक तथा अपवित्र गठबन्धन गर्न खाजेको भएको जिकीर गरे । सत्ता धारी दलहरु चुनावपछि पनि गठबन्धनकै संयुक्त सरकार बनाउने रणनीतिका साग अघि बढ्दा चौतर्फी चेपुवाका परेका केपी ओली भने गठबन्धनको मजबुतिका अगाडि रक्षात्मक देखिएका छन्।