Breaking

कात्तिक ४ गते आफ्नो फोन नम्बरमा कुरा गर्न सर्वसाधारणलाई ओलीको आग्रह


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन् ।

‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौं।’, उनले भनेका छन् । यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका थिए ।