Breaking

राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरु छन्: देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताएका छन् । ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै उनले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको टिप्पणी गरे ।

‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको भए राति ६:७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भने, ‘त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।

संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताए । ‘तर उहाँले चुनाव हुने समय भन्दा २ वर्षअघि नै (संसद) भंग गरिदिनुभयो’ देउवाले भने ।