Breaking

‘लाइभ डिबेट’मा आउन म तयार छु: एमाले अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन् ।

धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेको ओलीको दाबी छ । निर्वाचनका बेला पश्चिमा देशहरूले यस्तो लाइभ डिबेट गर्ने गर्छन् । त्यस्तै लाइभ डिबेटका लागि आफू तयार भएको बताउँदै आज ओलीले फेसबुकमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?