देश

निजी कम्पनीको हेलिकप्टर दुर्घटना


काठमाडौँ— उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो । उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ ।

खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।यो हेलिकप्टर निजी कम्पनीको भएको र यसमा ५ जना यात्रु सवार रहेको बताईएको छ । प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेका हुन् ।

भारतका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले घटनालाई दुर्भाग्यपूर्ण भन्दै आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिरहेको बताए ।