देश

समानुपातिकका मतपत्र जिल्ला जिल्लामा पुग्दै


काठमाडौँ— आयोगले समानुपातिक तर्फका मतपत्र जिल्ला जिल्ला पठाउने काम गरिरहेको छ । नुवाकोट,रसुवा, धादिङ लगायतका जिल्लामा मतपत्र पुगिसकेका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचन आउन अब जम्मा ३३ दिन बाँकी रहेको छ ।

निर्वाचन आउन ३३ दिन मात्रै बाँकि रहँदा निर्वाचन आयोगले तयारीका कामलाई पनि तिव्रता दिएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार टुंगो लागिसकेको अवस्थामा आयोगले व्यवस्थापकीय तयारीलाई तिव्रता दिएको हो । आयोगले समानुपातिकतर्फको मतपत्र छपाईको काम लगभग सकिएको जनाएको छ । अहिले प्रत्यक्षतर्फका मतपत्र छपाईको काम चलिरहेको छ । प्रत्यक्षतर्फ पनि २ वटा प्रदेशको मतपत्र छापेर सकिएको छ । आयोगले समानुपातिक तर्फका मतपत्र जिल्ला जिल्ला पठाउने काम गरिरहेको छ ।

नुवाकोट,रसुवा, धादिङ लगायतका जिल्लामा मतपत्र पुगिसकेका छन् ।समानुपातिक निर्वाचन प्रणालीतर्फको पाँच लाख ३२ हजार थान मत रुजु गरेर भण्डारण गरिएको नुवाकोटका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।