Breaking

छोरी जिताउन बाबुरामले फेरे बोली,प्रचण्ड कांग्रेसको गुनगानमा, गठबन्धनको आडमा चुनाव जित्ने भुसालको आशा


काठमाडौँ — केवल अंक गणितिय सफलतालाई मुख्य उदेश्य बनाएरचुनावी दौडधुपमा लागेका दलहरुकोवोली र व्यवहारमा समेत एकरुपता देखिएको छैन । अप्राकृतिक गठबन्धन गरेरै भएपनि सत्ता प्राप्तीलाई पहिलो प्राथमिकता दिँदा निर्वाचनबाट पनि देशमा कुनै परिवर्तन हुनेमा जनता विश्वस्त हुन सकिरहेका छैनन् । चितवनमा आफ्नो जितको वातावरण पक्का नभएपछि गोरखा २ मा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनावी दौडधुपमा छन ।

एमालेका अब्दुस मियासंग प्रतिस्पर्धा गर्दै गरेका उनलाई कसै गरे निर्वाचन जित्नु छ । यसैका लागि साम दाम दण्ड भेद सहित अघि बढेका उनी गत शुक्रबार कार्यक्रमै भक्कानिए । ‘माओ त्सेतुङ आन्दोलनका निम्ति उर्जा बटुल्न चिनकासाङ फर्किएको उदाहरण दिदै आफू पनि पार्टीको पहिलो हेडक्वाटर रहेको गोरखा फर्किएँको बताँउदै त्यहा मतदातासंग मनोवैज्ञानिक रुपमा नजिकिने प्रयास गरे ।

गत निर्वाचनमा तेश्रो स्थानमा रहेको आफ्नो पार्टीलाई आवश्यक ठुलो भोट कांग्रेसबाट आउला भन्नेमा शंशकित उनलाई आफ्नो मात्र नभई पार्टीका अन्य उम्मेद्वार समेत जिताउने जिम्मेबारी छ । फलत कांग्रेस नेता कार्यकर्तालाई रिझाउन आईतबार त उनले जय नेपाल समेत भन्न भ्याएका थिए ।

प्रचण्डसंग कहिले काटाकाट र कहिले चाटाचाटको सम्बन्ध रहेका नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि छोरी मानुषी जिताउन कम चर्को परेको छैन । प्रचण्डले लडाकु शिविर र बुढिगण्डकीमा ९ अर्ब भ्रष्ट्रचार भएको बताउने भट्टराई आरोप प्रमाणित नभए झुण्डिन समेत तयार रहेको बताउथे ।

तर उनी आज त्यो आरोप झुटो भएको बताउन थालेका छन । यता माओवादीको चिन्हबाट चुनाव लड्न आनाकानी गर्दै आएका एमाले नेता घनश्याम भुसाल टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेका छन । गठबन्धनको आड भरोसमा चुनाव जित्ने आशामा रहेका उनी अहिले प्रचण्डको महिमा गाउन व्यस्त छन् । वामलोकतान्त्रिक गठबन्धनको ऐतिहासिक औचित्य रहेको बताउन थालेका उनी यसतर्फ माओवादी फौज जागेको बताउन थालेका छन ।

अवस्था कस्तो बनेको छ भने चुनाव जित्नकै लागि देउवाको गुणगान गाउने समेत बढेका छन । यतिमात्र नभएर हिजोका दिनमा पार्टीमा खवरदारी सभा भन्दै भाग खोजेका शेखर कोईराला टिकट पाएपछि नरम बन्दै गएका छन । चुनावमा मुखमा उग्र बनेका देउवाको पक्षको भोट नपाउने डरमा रहेका उनी देउवा र आफ्नो लडाई मिलिसकेको बताउँदै कार्यकर्ता किन बाझ्दै छन आफूले बुझ्न नसकेको बताउन थालेका छन । अर्थात चुनाव जित्ने लोभमा प्रचण्ड देखि कोईरालाले गरेको देउवाको तारिफले सागर ढकाल बाहेक उनका विरोधी नै राजनितिमा भेटिनै मुस्किल भएको छ ।

यता एमालेलाई पनि राप्रपा वोक्नु र होली वाईन प्रकरणका मुख्य योजनाकार एकनाथ ढकाललाई समानुपातिकामा राख्नुको औचित्य पुष्टि गर्न हम्मेहम्मे परेको छ । उ स्वयम बलियो गठबन्धनसंग भिड्नुपर्ने चुनौतीमा रहेका वेला एमालेकै छत्रछाया चुनाव जित्ने आशामा रहेको तथा विगतमा ओलीलाई मदेश विरोधीको आरोप लगाउन भ्याएका पनि जसपाले एमालेको गुणगान सुरु गरेको छ । यसैको उपज जसपाले आफ्नो घोषणापत्रबाट ओली प्रतिगमनकारी भएको भन्ने शब्द नै हटाएको छ ।