देश

पिएको पानीको मूल्य चुकाउन उम्मेदवारी दिएको उद्योगपति चौधरीको भनाई


काठमाडौँ—आउँदो मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले विगत कठिन समयका बाबजुद आफूले यी उपलब्धि आर्जेको बताएका छन् ।

उनले आफ्नो जिन्दगीको कालखण्डमा देखेको, भोगेका र हासिल गरेका उपलब्धिहरू सजिलो नभएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले जिन्दगीको कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका उपलब्धिहरू सजिला थिएनन् , दिन रातको मेहनत, लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गरेको लेखेका छन्, ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले सामाजिक सञ्जालमा एउटा रचना लेख्दै आफू देशको ऋणी बन्न पुगेको र आफूले पिएको पानीको मूल्य चुकाउन आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।