Breaking

सामाजिक सञ्जाल चुनावमय बन्यो, होसियार ! आयोगले यसरी गर्दैछ निगरानी, फेसबुक चलाउँदा ध्यान दिनुपर्ने


काठमाडौँ— प्रविधिको बढ्दो प्रयोगसँगै चुनावप्रचार प्रसारको सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल। तर दल र उम्मेदवारका लागि जनतासँग जोडिन सहज बनेको त्यहि सामाजिक सञ्जाल निर्वाचन आयोगका लागि भने चुनौतिको विषयबनेको छ । आगामीमंसिर चार गते एकै चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यनिर्वाचनआउन अब ३५ दिनबाँकी छ । चुनावी मैदानमा होमिएका उम्मेदवार,राजनीतिकदलका नेता,कार्यकर्ता भोट माग्दै जनताको घर–घर पुगिरहेका छन भने सामाजिक सञ्जालमार्फत मतदाताको हातहातमा । फेसबुक, ट्विटर,इन्टाग्राम,टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालदलको चुनावी एजेन्डा,उम्मेदवारले आफ्नो उम्मेदवारीको जानकारी गराउने महत्वपूर्ण माध्यम बनाएका छन् ।

अहिले सामाजिक सञ्जाल खोल्न साथ चुनावी प्रचारको सामाग्री प्रयोगकर्ताको हातहातमा पर्ने गर्दछ । अहिले सामाजिक सञ्जाल उम्मेदवारलाई जिताउने अभियानमय बनेको छ ।उम्मेदवार र उम्मेदवारलाई जिताउने अभियानका लागि छुट्टा–छुट्टै एकाउन्ट सहितसामाजिक सञ्जाल परिचालन गर्ने क्रम बाक्लिएको छ । भारी रकमखर्च गर्दै सामाजिक सञ्जालमाचुनावप्रचार प्रसार गर्न थालेका छन । साना ठुला सबै राजनीतिकदल र उम्मेदवारले सामाजिक सञ्जालमार्फत भोट माग्न सुरु गरिसकेका छन । आफ्नो चुनावीप्रतिवद्धता सामाजिक सञ्जालमार्फत जनतासामु पुर्याईरहेका छन । यता निर्वाचन आयोगले विगतबाट पाठ सिक्दै सबै चरण र प्रक्रियामा रणनीति नै बनाएरसामाजिक सञ्जालको नियमनगर्ने भएको छ ।

त्यस्तै निर्वाचन आचारसंहिताको प्रयोग र उल्लघंनका सवालमा समेत विशेष संयन्त्र नै बनाएर अनुगमन गर्ने भएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले प्रचार प्रसारको शैलीलाई जति सहजबनाएको छ, आचारसंहिता पालनाको सवालमा उत्तिकै चुनौति पनि थपिएको छ । चुनावप्रचारका क्रममा सामाजिक सञ्जालमार्फत सुचनाको गलतप्रवाह रोक्न, सूचना तोडमोडमा नियमन अनुगमनमा आयोग थप आक्रकम बन्ने जनाएको छ । झ्याउरे गीत,कागजीप्रचा,पोष्टबाट सुरु भएको चुनाव प्रचारको शैली अहिले प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल केन्द्रित हुन थालेको छ । सामाजिक सञ्जालको बढ्दो लोकप्रियताका कारण प्रचार प्रसारमा सामाजिक सञ्जाल महत्वपूर्ण विधा बनिरहँदा यसको दुरुपयोगका कारण भने निर्वाचन आचारसंहिता कार्यन्वयनमा चुनौति समेत थपिरहेको छ ।