काठमाडौँ—नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा मृत्यु भएका निसिम थापाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले थापालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नेबारे अहिले छलफल भइरहेको जानकारी दिए । अहिले उनको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
उनको निधनसँगै प्याराग्लाइडिङका सबै इभेन्ट अनिश्चितकालका लागि रद्द गरिएको छ ।


प्रतिक्रिया