देश

घुससहित पक्राउ परेका यातायातका इन्जिनियर बमविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ— गत भदौ १० गते ३ हजार रुपैयाँ घुससहित पक्राउ परेका यातायात व्यवस्था कार्यालय कर्णाली सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमााडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार तीन हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । बमले सेवाग्राहीसँग तीन हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले विचौलिया नीरक बहादुर शाहीलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि भने १० हजार ३६० रुपैयाँ बिगो दाबी गरिएको छ ।