काठमाडौँ— सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ ।
पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय भएको बताएका हुन् । पर्यटन मन्त्रालयको प्रस्तावमा स्वयं सरकारको तर्फबाट प्रधानमन्त्रीज्युले एकदिन राष्ट्रिय विदा दिने भन्ने निर्णय पनि भएको छ ।
श्रद्धाञ्जली दिन ललितपुर महानगरमा पुगेका मन्त्री श्रेष्ठले कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने बताएका छन् ।शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।


प्रतिक्रिया