समाचार

मदिराले मातेका युवक बिजुली बजारको पुलमाथि चढेपछि…


काठमाडौँ – काठमाडौँको बिजुली बजारस्थित आर्कब्रिजमाथि चढेका एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ साढे ५ बजे काठमाडौँ महानगरपालिका(१० बिजुलीबजारस्थित पुलमाथि चढेका सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-६ ठूलो सिरुबारी घर भएका २५ वर्षीय युवक श्रीकृष्णबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल ललितपुरको लगनखेल श्रेष्ठलाई आवश्यक सोधपुछको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । उनका आफन्त सम्पर्कमा आइनसकेको मैनालीले बताएका छन् । प्रहरीका अनुसार उनी मादक पदार्थ पिएर मातेको अवस्थामा भेटिएका थिए ।

उनको मानसिक सन्तुलन पनि ठीक नभए जस्तो व्यवहार देखाइरहेको मैनालीले बताएका छन् ।