Breaking

भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ – भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति मध्यपुर ठिमी नगरपालिका-६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।

सानोठिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशा जाँदै गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौँको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । उपचारपछि थप उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएको थियो। त्यहाँ आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्सी चालक भक्तपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खाली प्रहरीको नियन्त्रणमा छन् ।