Breaking

राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको इजलासमा


काठमाडौँ — उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट पेशी तोकिएको छ । यसअघि शुक्रबार पेशी तोके पनि सुनुवाइ हुन सकेको थिएन ।

आइतबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ । दोश्रो नम्बरमै पेशी तोकिएकाले सुनुवाइका संभावना बलियो छ ।

सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं २ मा उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । बैंकिङ कसुरमा दोषि ठहर हुँदै कालोसूचीमा रहेकाले उनको उम्मेदवारी खारेज थियो ।

यो क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । गुरुङको उम्मेदवारी खारेज भएसँगै उनलाई सहज भएको छ ।