Breaking

जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ : प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबर प्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा टीटरमा जोशीको निधनले आफू निकै दुःखी भएको बताएका छन् । जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहने देउवाले उल्लेख गरेका छन् । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।