Breaking

सत्यमोहन मानव समुदायको उत्प्रेरणाको स्रोत : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन् ।

जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले नेपाल सरकार, नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न उनले गरेको योगदानको स्मरणीय रहने बताएका छन् । साथै १०३ वर्षको उमेरमा पनि उनको सामाजिक क्रियाशीलता विश्वभरका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने प्रचण्डले उल्लेख गरेका छन् ।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।