Breaking

मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको अन्तिम संस्कारबारे छलफल जारी


काठमाडौँ – शताब्दी पुरूष सत्यमोहन जोशीको अन्तिम संस्का कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।

आफ्नो निधनपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको अन्तिम संस्कार कसरी गर्ने विषयमा अहिले सत्यमोहनका पारिवारिक सदस्यबिच किस्ट अस्पतालमै छलफल भइरहेको हो ।

जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको थियो । जोशीका भतिज अजरमान जोशीले अन्त्येष्टिको विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।