समाचार

शेर्पा संघ ताप्लेजुङको अध्यक्षमा पासाङ रिता निर्विरोध निर्वाचित


काठमाडौँ — नेपाल शेर्पा संघ ताप्लेजुङको पाँचौँ आधिवेशनबाट अध्यक्षमा पासाङ रिता शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार ताप्लेजुङमा सम्पन्न पाँचौँ आधिवेशनबाट पासाङ रिताको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमित चयन भएको हो ।
नेपाल शेर्पा संघ ताप्लेजुङको उपाध्यक्षमा दादोर्छे शेर्पा, सचिवमा फुर्वा शेर्पा, सह-सचिव बिमल शेर्पा, कोषाध्यक्षमा अर्जुन शेर्पा र सह-कोषाध्यक्षमा निमतेन्जी शेर्पा निर्वाचित भएको नवनिर्वाचित सचिवमा फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा समूदायको हकअधिकार प्राप्तिका निमित्त र भाषा संस्कृति संरक्षण गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले स्थापना कालदेखि शेर्पाहरूको हकअधिकार, भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ । संस्थाले सबै जिल्लाका शेर्पाहरू बीचमा आपसी मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृति र शेर्पा समूदायमा रहेको समस्या समाधानमा र हकअधिकार प्राप्तिका लागि भूमिका खेल्दै आएको छ ।