राजनीति

जोशीको निधनमा दुःख व्यक्त गर्दै ओलीले भने, युवा पुस्ताको जीवन्त साक्षत्कार गर्ने अवसर गुम्यो


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दुःखी बनाएको बताएका छन् । उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’