Breaking

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सुरु


काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ ।

आज बिहान बेइजिङस्थित जनबृहत सभा भवनमा सुरु भएको महाधिवेशमा महासचिव एवं राष्ट्रपति सी जिनपिङले सम्बोधन गरिरहका छन् ।

एक हप्तासम्म चल्ने महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षका लागि पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गर्नेछ ।

सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ । तर सर्वोच्च नेता अर्थात्, पार्टीको महासचिवको हकमा भने उक्त व्यवस्था छैन ।

सन् २०१७ मा सम्पन्न पार्टीको १९औं महाधिवेशनबाट सीपीसीले महासचिवका लागि तोकिएको ६५ वर्षे उमेर हदलाई हटाइसकेको छ ।