Breaking

गठबन्धनका शीर्ष नेताले काठमाडौँमा प्रशिक्षण दिने


काठमाडौँ – सत्तारुढ गठबन्धनले काठमाडौँमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौँ-२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन्।

उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ।

कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ।