Breaking

रवीन्द्र मिश्रको उधोगती, ओली–लिङ्देन मिलेर चुनाव हराउँदै, एमालेको काँध नपाएपछि छटपटी, वम र खरेल बाधक


काठमाडौँ — रवीन्द्र मिश्र जहाँ पुग्छन्, त्यही उधोगती सुरु हुन्छ । वैकल्पिक शक्तिलाई चिहानमा पु¥याएर राजावादी बनेपनि मिश्रलाई सुख छैन । चुनाव जित्नकै लागि एमाले–राप्रपाबीच धेरै ठाउँमा तालमेल बनेको छ । तर रवीन्द्र मिश्रकै क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार खडा गरेको छ । तावाबाट उछिट्टिएको माछा भुङग्रोमा गएर सकिन्छ’ भनेझैं वैकल्पिक शक्तिको हुंकार लगाएर राजावादीको पाउमा विलय भएका रवीन्द्र मिश्रलाई यसपटक पनि निर्वाचन जित्न गाह्रो छ ।

आफै जित्न सक्ने अवस्था यसै पनिथिएन, तर साहरा बन्छु भनेको एमालेसँग राप्रपाको तालमेल त बन्यो, तर मिश्रकै क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाएर सकस पारिदिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ मा तालमेल बनेको छ, एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पनि तालमेल जुरेको छ । दुबै पार्टीका अध्यक्ष एकअर्कालाई समर्थन दिएर सुरक्षित झैं बनेका छन् ।

राप्रपाका दीपक बोहरालाई रुपन्देही ३ र धवलशमशेर राणालाई बाँके २ मा पनि छोडेको एमालेले काठमाडौं १ मा किरण पौडेललाई उठाएको छ । वरिष्ठ उपाध्यक्ष बनाएर पार्टी भित्र्याएका रवीन्द्रलाई राजेन्द्रले पनि एमालेको समर्थन जुटाउन बल पु¥याएका छैनन् । फलतःमिश्रविरुद्ध मैदानमा होमिएका अन्य प्रतिस्पर्धीले आफुलाई सुरक्षित मानिरहेका छन् ।

२०७४ को निर्वाचनताका विवेकशील साझाका रञ्जु दर्शना र किशोर थापाले जगाएको आशाको जगमा उभिएर मिश्रले चुनाव लडेका थिए । योपटक विवेकशील साझाको क्रेज मात्रै पनि होइन, स्वंयम मिश्रकै क्रेज पनि समाप्तीको चरणमा छ ।तराजु बोकेर न्याय गर्न हिडेका मिश्र काँधमा हलो बोकेर मानिसको दिमाग जोत्न हिडेका छन ।त्यतिबेला वाम गठबन्धनले उठाएका अनिल शर्मालाई नरुचाएको फाइदा पनि मिश्रले उठाएका थिए ।

एमालेको अघोषित समर्थन नै पाएका मिश्रले काँग्रेसका प्रकाशमान सिंहलाई झण्डै हराउने ताकत देखाएका थिए । तथापी सिंहसँग ८१८ मतले उनी पराजित भए । त्यतिबेलाको रापतापमा पछिल्लो पाँचबर्षयता मिश्र आफैले पानी खन्याएका छन् ।उनको विचार र मार्गपरिवर्तनको बाटोले झनै संकट निम्त्याउने काम गरेको छ । अहिले उनकै पार्टीका कनिष्टहरु उनकै प्रतिस्पर्धी बनेका छन् ।

उतिबेलाका सहयात्री पुकार बम अहिले प्रतिद्धन्द्धी बनेर भोट काट्ने तयारीमा छन् । उत्तिकै जब्बर नेपाल सुशासन पार्टीका रमेश खरेल पनि मिश्रकै भोट काट्ने लाइनमा छन् ।देशभरका निर्वाचन क्षेत्रमध्ये काठमाडौं एकमात्रै एउटा यस्तो क्षेत्र बनेको छ, जहाँ सबैभन्दा बढी ३२ जनाको उम्मेदवारी परेको छ । २१ जना दलीयसहित ११ जना स्वतन्त्र उम्मेदवार बनेको यस क्षेत्रमा महासंग्रामकै बीच मिश्रको मिशन भने फेल खाने अवस्थामा छ ।

राप्रपाबाट बिछट्टीएर राप्रपा नेपाल बनाएका कमल थापालाई समेत बोक्न एमाले तयार छ ।तर मिश्रलाई बोक्न न एमालेले काँध थाप्यो, न घरभित्र हुलेका लिङ्देनले संसदमा हुल्न चाहेका छन् । बरु मिश्रलाई घेराबन्दीमा राख्दै प्रतिपस्र्धी बन्नबाटै रोक्न खोजेका हुन् कि भन्ने तर्फबाट शंका गर्न सकिन्छ ।